गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ ११:३३

ढुङ्गाखानीमा पहिरो खस्दा काकाको मृत्यु ,भतिजा घाइते

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, माघ २७, २०८१
ढुङ्गाखानीमा पहिरो खस्दा काकाको मृत्यु ,भतिजा घाइते

अछाम ः अछाममा ढुङ्गा निकाल्ने क्रममा पहिरो खस्दा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । जिल्लाको मेल्लेख गाउँपालिका-५ कौलेनामा ढुङ्गा निकाल्ने क्रममा ढुङ्गा खानी माथि पहिरो खस्दा सोही वडाका ६३ वर्षीय नर बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो ।

साथै उनका भतिजा ४८ वर्षीय भीम बहादुर खड्का गम्भीर घाइते भएका छन् । ढुङ्गा निकाल्ने क्रममा आईतबार दिउसो २ बजे एक्कासी माथिबाट पहिरो खस्दा काकाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

भने भतिजा गम्भीर घाइते भएका थिए । घाइतेको कम्मर र शरीरको पछाडीको भागमा गम्भीर चोट लागेको र उनलाई उपचारका लागी बयालपाटा अस्पतालमा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
 

प्रतिक्रिया