बाजुरा ः धनगढीमा १४ वर्षीया किशोरीलाई करणी गरिएको छ । धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा बस्दै आएकी बाजुराकी एक किशोरीमाथि करणी गरिएको घटना सार्वजनिक भएको हो ।
धनगढीमा अध्ययन गर्दै आएकी १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरिएको प्रहरीले जनाएको छ । उनीमाथि १८ वर्षीय किशोरले बिहीबार साँझ जबरजस्तीकरणी गरेका हुन् ।
पीडित किशोरी खप्तड छेडेदह गाउँपालिकाकी हुन्। विद्यालयबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिडे मारिदिने धम्की दिएको प्रहरीले बताएको छ ।
त्यसपछि उनी युवकसँगै उनको घर पुगेकी थिईन् । किशोरीमाथि घरमै जबरजस्ती करणी गरेर युवक भागेका छन् । पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले शनिबार साँझ मात्र किटानी जाहेरी प्राप्त भएको बताएका छन् ।
किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्तीकरण गर्ने युवकको खोजी भइरहेको डीएसपी बोहराले बताए । पीडित किशोरी धनगढीमा कक्षा–७ मा अध्ययन गर्दै आएकी छन् ।
प्रतिक्रिया