बाजुरा ः अछाममा सरस्वती पूजामा दलितलाई विभेद गरिएको छ । सोमबार सरस्वती पूजामा साँफेबगर नगरपालिका-८ बुढाकोट माध्यमिक विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष सर्जन परियारलाई नै विभेद गरिएको हो ।परियारका अनुसार उक्त विद्यालयमा पूजा गर्ने क्रममा सोही ठाउँका ब्राह्मण चेतराज भट्टले विभेद गरेका बताए ।
आज सरस्वती पूजा भएको आउनु भनेर प्रधानाध्यापकले टीका ग्रहणका लागि बोलाउनु भएको र बच्चालाई समेत भर्ना गर्न गएको सँगै रहेका गैर दलितलाई टीका लगाईदिएको र आफुलाई टीका नलगाई दिएर पातमा टीका राखेर भुइँमा राखे अनि लगाउन भनेपछि आफुले नलगाएको बताएका छन् ।
गत वर्ष पनि उक्त विद्यालयमा सरस्वती पूजामै आफूलाई विभेद भएको र विद्यालयद्वारा आयोजना गरिएका वनभोज जस्ता कार्यक्रमहरुमा समेत दुईवटा भान्सा बनाउने गरिएको बुझिएको छ ।
प्रतिक्रिया