गाैमुल खबर डटकम बुधबार २३, माघ २०८१ ११:४४

प्रेस चौतारी नेपाल बाजुराको छैटौं जिल्ला अधिवेशन माघ २२ गते

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, माघ २१, २०८१
प्रेस चौतारी नेपाल बाजुराको छैटौं जिल्ला अधिवेशन माघ २२ गते

बाजुरा ः नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल जिल्ला समिति, बाजुराको छैटौं जिल्ला अधिवेशन माघ २२ गते हुने भएको छ ।

सोमबार बसेको पदाधिकारी बैठकले चौतारीको २७ औं स्थापना दिवसको अवसर पारेर  बाजुरा शाखाले संगठनको स्थापना दिवसको अवसर पारी स्थापना दिवसकै दिन माघ २२ गत गर्ने गरी निर्णय गरिएको सचिव रमित विकले जानकारी दिएका छन् ।

जिल्ला समितिले प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा स्थापना गरेको “बिनोद विक स्मृति पत्रकारिता पुरस्कार” र जिल्लामा क्रियाशील ‘महिला पत्रकारिता पुरस्कार’ समेत प्रदान गरिने अध्यक्ष मदन विकले बताएका छन् ।

अधिवेशनका साथ स्थापना दिवस मनाउने गरी तयारी तीव्र पारिएको छ । अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने गरी चौतारीका नेताहरुको तयारी रहेको छ ।

प्रेस चौतारी नेपाल जिल्ला समिति, बाजुराका अध्यक्ष मदन विकको अध्यक्षतामा सञ्चालन भएको बैठकमा प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य वसन्त विश्वकर्मा, विमला रावल, सुदूरपश्चिम  प्रदेश समिति सदस्य लक्ष्मीराज पाध्याय, शाखाका संस्थापक अध्यक्ष प्रकाश सिंह, जिल्ला शाखाका पदाधिकारी लगायत सदस्यहरुको सहभागीता रहेको थियो ।
 

प्रतिक्रिया