बाजुरा ः नेकपा (एमाले) जिल्ला कमिटी बाजुराको निर्देशन अनुसार गौमुल गाउँपालिका–४ नम्बर वटा कमिटीले तीन महिने वडा केन्द्रीत अभियान सुरु गरेको छ ।
शनिबार एक औपचारिक कार्यक्रमकाबीच कार्यक्रमको सुरुवात गरिएको नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा वडा ईन्चार्ज अमर विकले बताएका छन् ।
पार्टी जिल्ला कमिटीको निर्णय अक्षरशः वडाले पालना गरी राजनीतिक सद्भाव विकास गर्ने, विकासका योजनामा सुशासन कायम गर्नका लागि वडा सरकार, विकास निकायसंग सहकार्य, सहजीकरण र अनुगमन गरिने ईन्चार्ज विकले बताए ।
एमाले जिल्ला कमिटीको माघ १३ गते शनिबार बसेको चौथो पूर्ण बैठकले तीन महिने वडा (जरा) अभियान सञ्चालन गर्ने निर्णय अनुसार वडाले अभियान थालेको हो ।
वडा कमिटीले नियमित मासिक बैठक बस्ने, वडाका सबै टोलमा पुगेर संगठित सदस्यता नवीकरण गर्ने, पार्टीको खाता खोलेर आर्थिक गतिविधि खाता मार्फत सञ्चालन गर्ने निर्णय गरिएको सचिव तुसार सार्कीले बताएका छन् ।
बैठकले पार्टी कार्यालय स्थापना गरी व्यवस्थापन गर्ने, प्रत्येक टोल कमिटी तत्काल गठन गर्ने र पार्टीको वडा (जरा) अभियान व्यापक रुपमा सञ्चालन गर्ने निर्णय गरिएको छ ।
वडाको कौडाकोट, गदाडा, घोगाला, बगर र डाँडाबाडाका प्रत्येक टोलमै पुगेर पार्टीका संगठित सदस्यहरुको नवीकरणका लागि जिम्मेवारी समेत तोकिएको छ ।
बैठकमा प्रदेश कमिटी सदस्य तथा गौमुल ईन्चार्ज कलक बहादुर सिंह, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा वडा ईन्चार्ज अमर विक, पूर्व जिल्ला कमिटी सदस्य वीरेन्द्र रोकाया, गाउँ कमिटी अध्यक्ष मोहन रोकाया लगायतको सहभागीता थियो ।
प्रतिक्रिया