धनगढी ः कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् । भीमदत्त नगर सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका-१८ को मामा भान्जा चोक नजिकै मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले पौने ८ बजेको समयमा उनी मृत अवस्थामा फेला परेको बताए ।
घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुुर मगाइएको बताउँदै डीएसपी जोशीले अहिले घटनास्थल सिल गरिएको जानकारी दिए ।
कलौनीको शरीरमा बाहिर देखिने चोटपटक नदेखिएपनि घोप्टो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । अहिलेसम्म प्रहरीले शवलाई छोएको छैन । तालिम प्राप्त कुुकुरहरुको प्रयोगपछि मात्र बाँकी काम गर्ने प्रहरीको भनाई छ ।
प्रतिक्रिया