गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३८
Dho

राष्ट्रिय प्रसारण लाइनकै विद्युत अनियमित हुँदा सेवाग्राही मारमा

बाजुरा
pramit bk pramit bk
शुक्रबार, साउन १९, २०८०
राष्ट्रिय प्रसारण लाइनकै विद्युत अनियमित हुँदा सेवाग्राही मारमा

बाजुरा ः नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन पटक पटक अवरुद्ध हुँदा जिल्लामा सेवाग्राही मारमा परेका छन् ।विहान र दिउँसो विद्युत नियमिति नहुँदा जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालय र संचार माध्यमलाई दैनिक कामकाजमा सकस भएको छ । 
राष्ट्रिय प्रशारण केन्द्रको बिजुली दिउँसो प्राय समय नआउने गरेको छ । राति केही समय आउने भएपनि दिउसो भने अनियमित हुने, आउने जाने भइरहदा समस्या भइरहेको छ ।
राष्ट्रिय प्रशारण केन्द्रको बिजुली बाजुराको सदरमुकाम मार्तडीमा लगायत केही स्थानीय तहका गाउँमा विस्तार रहेको छ । सदरमुकाम मार्तडीमा बत्ती आउने जाने भएकाले सरकारी तथा गैरसरकारी कार्यालयहरुमा सेवा प्रवाहमा समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताएका छन् । 
विद्युत सेवा अनियमित  हुने भएकाले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराले समेत सोलार जडान गरेर कार्यालयको काम गर्दै आएको छ । भने अन्य सरकारी तथा गैर सरकारी कार्यालय पनि सोलार जडान गरेका छन् । विद्युत नियमित नहुने भएपनि कार्यालयहरुमा सोलार नभएकाले बत्ती नहुँदा सेवा प्रवाह नै ठप्प हुने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन । मार्तडीमा रातभरि बत्ती आउने भएपनि बिहान उज्यालो हुने बित्तिकै बत्ती जाँदा सेवा प्रवाहमा समस्या हुने गरेको स्थानीय जयराज उपाध्यायले बताएका छन् । 
जिल्ला प्रशासन कार्यालयमा पनि सोलारले काम गर्ने नभएकाले बत्ती जाने वित्तिकै सम्पुर्ण कामकाज रोकिने गरेको बताइएको छ । जिल्लाका टाढा टाढा ठाउँबाट पासपोर्ट, नागरिकता लगायतका कामका लागि प्रशासन आउँछन्, तर बत्ती नहँुदा काम नभएपछि प्रशासन कुर्ने गरेका एक सेवाग्राहिले दुखेसो गरेका छन् । जिल्ला प्रशासन कार्यालयले भने कामकाजलाई निरन्तरता दिन कार्यालयमा सोलार जडानको तयारी थालेको जनाएको छ । दिनभर बत्ती नहँदा सदरमुकामका सबै कार्यालयहरुमा कामकाज ठप्प जस्तै हुने गरेको छ ।

प्रतिक्रिया