बाजुरा ः नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराले शहीद दिवस मनाएको छ । एक औपचारिक कार्यक्रमका बीच दिवस मनाएको उपाध्यक्ष रमित विकले बताएका छन् ।
देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्नेहरुको सम्मानमा पत्रकार महासंघ बाजुराले बुधबार शहीद दिवस मनाएको हो ।
सोही कार्यक्रमको सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ बाजुराका संस्थापक अध्यक्ष दयाराम पण्डितले शहीदको बलिदानीले नै संघीय लोकतान्त्रिक गणतन्त्रको आभाष गर्न पाएको बताएका छन् ।
२०६२-६३ को जनआन्दोलनका बेला सञ्चार माध्यामले सहज रुपमा जिल्लामा कलम चलाउन नपाएको स्मरण गर्दै अन्याय विरुद्ध डटेर कलम चलाउनुपर्नेमा जोड दिएका छन् ।
गुणस्तरीय पत्रकारिताका लागि स्वयंम पत्रकार अध्ययनशील हुनुपर्ने उल्लेख गर्दै पछिल्लो सयम स्थानीय तहमा भईरहेका बेथिति विरुद्ध सबैले कलम चलाउन अनुरोध गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समिति सचिवालय सदस्य लक्ष्मीराज पाध्यायले शहीद प्रति श्रद्धा सुमन व्यक्त गर्दै पत्रकारिता सोचे जस्तो जिल्लामा नभएको बताएका छन् ।
कतिपय स्थानीय तह र सरकारी कार्यालयमा अनियमितता भईरहेको भएपनि त्यसमा पत्रकारले कलम चलाउन नसकेको टिप्पणी गरेका छन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका उपाध्यक्ष रमित विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि पत्रकार महासंघ बाजुराका संस्थापक अध्यक्ष दयाराम पण्डित रहेका थिए ।
कार्यक्रममा प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समिति सचिवालय सदस्य लक्ष्मीराज पाध्याय, प्रेस सेन्टर प्रदेश सचिव सोधा नेपाली, प्रेस युनियन जिल्ला उपाध्यक्ष जय रावत, सरिता नेपाली सहित अतिथि रहेका थिए ।
सचिव प्रेम रौलेले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य सहसचिव जनक बोहराले गरेको कार्यक्रम हासंघको कार्यालयमा आयोजना गरिएको थियो । कार्यक्रममा जिल्ला स्थित विभिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।
जहानियाँ राणा शासन विरुद्ध लड्दा लड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिएको छ ।
पछिल्ला वर्षहरुमा शहीद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहूति दिने योद्धाहरूको पनि सम्मान गर्ने गरिएको छ । निरंकुश जहानियाँ राणा शासन विरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणमा विक्रम संवत् २०१२ सालदेखि दिवस मनाइँदै आएको छ ।
वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासन विरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।
यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ ।
प्रतिक्रिया