गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२६
Dho

एमसीसी सम्झौताबारे छलफल गर्न आज प्रतिनिधिसभा बैठक बस्दै

pramit bk pramit bk
शुक्रबार, फागुन १३, २०७८
एमसीसी सम्झौताबारे छलफल गर्न आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि आज बैठक बोलाइएको हो ।

एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि सारिएको हो । बैठक आज १ बजे बस्नेछ । 

बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत बसेको थियो तर अन्तिम समयमा आएर सोही बैठकमा सरकारले एक दिनको समय मागेपछि संसद बैठक आजलाई सारिएको हो।

एमसीसीबारे संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच अझै सहमति हुनसकेको छैन । बिहीबार दिनभर प्रधानमन्त्री शेरबहादुर देउवा र सरकार सक्रिय भए पनि कुनै सहमति भएको छैन । सत्तारुढ दलहरू विभाजित भएका छन्, गठबन्धन कायम रहने नरहने अनिश्चित छ ।

प्रतिक्रिया