गाैमुल खबर डटकम शनिबार १७, असोज २०८३ ०३:०६

बाजुरामा फेरिए सीडीओ : निरौला अध्यागमनमा, रिजाल नयाँ प्रमुख जिल्ला अधिकारी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असोज १६, २०८३
बाजुरामा फेरिए सीडीओ : निरौला अध्यागमनमा, रिजाल नयाँ प्रमुख जिल्ला अधिकारी

बाजुरा ःबाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको सरुवा भएको छ। गृह मन्त्रालयले निरौलालाई अध्यागमन कार्यालय, काठमाडौंमा सरुवा गरेको हो।

निरौलाको स्थानमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तीराम रिजाल बाजुराको प्रमुख जिल्ला अधिकारीका रुपमा आउने भएका छन्।

गृह मन्त्रालयले असोज १४ गतेको निर्णय अनुसार तीन प्रमुख जिल्ला अधिकारीसहित राजपत्राङ्कित द्वितीय श्रेणीका २३ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको जनाएको छ। सोही निर्णय अनुसार बाजुराको प्रमुख जिल्ला अधिकारीमा पनि फेरबदल भएको हो।

निरौलाले बाजुरामा रहँदा जिल्ला प्रशासनको प्रशासनिक नेतृत्वसँगै विपद् व्यवस्थापन, शान्ति-सुरक्षा तथा नागरिक सेवा प्रवाहका क्षेत्रमा काम गरेका थिए। अब रिजालले बाजुराको प्रशासनिक नेतृत्व सम्हाल्नेछन्।

प्रतिक्रिया