गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ १२:१३

कर्मचारीले जनतालाई गुणस्तरीय सेवा दिनुपर्छ ः ईन्चार्ज थापा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, माघ १३, २०८१
कर्मचारीले जनतालाई गुणस्तरीय सेवा दिनुपर्छ ः ईन्चार्ज थापा

बाजुरा ः नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लालबहादुर थापाले कर्मचारीले जनतालाई गुणस्तरीय सेवा दिनुपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति बाजुराको १० औं जिल्ला अधिवेशनको सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।

सबैको पहल कदमीकै कारण हालको संघीय लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गराउदैं यसमा पनि कर्मचारी संगठनको भूमिका रहेको बताएका छन् । अबको मुद्धा भनेको समाज बदल्ने भएका कारण सबैको सहकार्य, सहअस्तित्वले मात्र समृद्धि सम्भव हुने धारणा राखेका छन् ।

जिल्लाको समृद्धि एमालेको अगुवाईमा भएका कारण मुलुकलाई लक्ष्यमा पुर्याउन हालको सरकार प्रतिवद्ध रहेको उल्लेख गरेका छन् । राष्ट्र बनाउने जिम्मेवारी सबैको समान भएका कारण गरिबीलाई समुल अन्त्य गर्ने र जनताका सपना साकार पार्ने काममा कर्मचारी लाग्न आग्रह गरेका छन् ।

हालको सरकारलाई असफल बनाउने दाउमा केही शक्ति क्रियाशील रहेको बताउदै रवी र बालेनको राजनीतिक पृष्ठभूमिको बारेमा जनताले बुझ्न जरुरी रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै नेकपा (एमाले) जिल्ला कमिटी बाजुराका अध्यक्ष लालबहादुर ओलीले कर्मचारी र जनताबीचको सम्बन्ध सुमधर हुन् जरुरी रहेको बताएका छन् । सबैको उद्देश्य भनेकै जनतालाई न्याय गर्ने र समतामूलक समाज निर्माण गर्ने भएका कारण यसमा गम्भीर हुनुपर्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति बाजुराका अध्यक्ष पूर्ण जैशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा रहेका थिए ।

कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी बाजुराका अध्यक्ष लालबहादुर ओली, सचिव काँशी विक, संगठन विभाग प्रमुख एवंम बडीमालिका नगर प्रमुख अमर खड्का, जिल्ला कमिटी सचिवालय सदस्य तथा समन्वय प्रमुख तुलसीराम राेकाया, नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति केन्द्रीय सदस्य दीलिप कुमार शाही सहितले कार्यक्रमको सम्बोधन गरेका थिए ।

प्रतिक्रिया