गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ १२:१४

भीम रावलले पार्टी छोड्दैमा एमाले सकिदैन् ः नेता थापा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, माघ १०, २०८१
भीम रावलले पार्टी छोड्दैमा एमाले सकिदैन् ः नेता थापा

बाजुरा ः नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीबाट निष्कासित डा. भीम रावलका पछाडी नलाग्ने नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

बिहीबार बडीमालिका नगर कमिटीको दोस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै नेता कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।

नेता थापाले भीम रावललाई पार्टीमै बस्न धेरै पटक आग्रह गरेको भएपनि आफु खुसी गरेर पार्टीबाट अलग्गिएको दाबी गरेका छन् ।

रावल कमरेड मातृभुमि जागरण अभियान भन्दै देश दौडाहामा हुनुहुन्छ, तर उनको त्यो अभियान महिना दिनसम्म पनि नटिक्ने उल्लेख गरेका छन् ।

अहिले उहाँ मातृभूमि जागरण अभियान भन्दै देशप्रेमी नागरिकहरुलाई अलमलमा पारेर आफुतिर लाग्न प्रेरित गरेपनि उनी बर्बादीको बाटोमा जाने थापाको आरोप रहेको छ ।

एमाले पार्टीका नेता कार्यकर्ताहरु अहिले भीम रावलका पछाडी लागेपनि पछि फर्केर एमालेमै आउने भएकोले रावलका पछाडी नलाग्ने सुझाव दिएका छन् । भीम रावल पार्टीबाट अलग भए, अब त एमाले पार्टी सकिन्छ कि भन्ने भ्रमममा नपर्न नेता  कार्यकर्तालाई आग्रह गरेका छन् ।
 

प्रतिक्रिया