गाैमुल खबर डटकम बिहीबार २९, फागुन २०८१ ११:३७

रेडियो गौमुलले समुदायका दैनिक जीवनसंग जोडिन उपाध्यक्ष थापाको आग्रह

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, माघ १०, २०८१
रेडियो गौमुलले समुदायका दैनिक जीवनसंग जोडिन उपाध्यक्ष थापाको आग्रह

बाजुरा ः गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले सकारात्मक विकास र समुदायका दैनिक जीवनसंग जोडिन आग्रह गरेकी छन् ।

रेडियो गौमुलको पाँचौं वर्ष प्रवेशको अवसरमा शुभकामना सन्देश दिदैं थापाले नेपालको संविधानको अनुसूची ८ को स्थानीय तहका एकल २२ वटा अधिकारभित्र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा एकसय वाट क्षमताको रेडियो सञ्चालन गर्ने अधिकार अनुसार सञ्चालन गरिएको बताएकी छन् ।

विकट गौमुल गाउँपालिकामा सामुदायिक रेडियोको रुपमा स्थापित समुदायको साथी, समृद्धि, सुशासन र सूचनाको सारथी बन्न अनुरोध गरेकी छन् ।

रेडियो सञ्चालनपछि विकट गौमुल गाउँपालिका लगायत आम बाजुराबासी अहिले सहज रुपमा सूचना पाईरहेकोले सकारात्मक विकास, समुदायका दैनिक जीवनसंग जोडिएका बिषय, सवाल र सन्दर्भको पैरवी र बहस गर्नुपर्ने पहिलो जिम्मेवारीका साथ काम गर्न सुझाव दिएकी छन् ।

सूचनामा जनताको पहुँच पुर्याएर रेडियोले महत्वपुर्ण भूमिका निर्वाह गरी सत्य तथ्य सूचना दिएर जनतालाई सुसूचित गर्ने अपेक्षा लिएकी छन् ।
 

प्रतिक्रिया