गाैमुल खबर डटकम बिहीबार २९, फागुन २०८१ ११:३६

सामाजिक उत्तरदायित्व वहन गरेको प्रति रेडियो गौमुललाई अध्यक्ष रोकायाद्धारा धन्यवाद

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, माघ १०, २०८१
सामाजिक उत्तरदायित्व वहन गरेको प्रति रेडियो गौमुललाई अध्यक्ष रोकायाद्धारा धन्यवाद

बाजुरा ःगौमुल गाउँपालिकाका अध्यक्ष एवंम् रेडियो गौमुलका संरक्षक हरिबहादुर रोकायाले सामाजिक उत्तरदायित्व वहन गरेको प्रति रेडियो गौमुललाई धन्यवाद दिएका छन् ।

रेडियो गौमुल पाँचौं वर्ष प्रवेशको अवसरमा शुभकामना सन्देश दिदैं रोकायाले सूचनाद्धारा जनतालाई सचेत गर्नेदेखि जनगुनासालाई सरकार समक्ष तथा सरकारका कामकाज जनताका बीचमा पुरयाउने भूमिकाको प्रशंसा गरेका छन् ।

आगामी दिनमा थप रेडियोको गुणस्तर सुधार गरी जनताका आवाज सरकार कहाँ र सरकारका गतिविधि जनतासामु नियमित सम्प्रेषण गर्ने कार्यमा थप क्रियाशील हुन् सुझाव दिएका छन् ।

जनताका आवाजलाई बुलन्द पारेर सरकारलाई सचेत पार्न र सरकारकातर्फबाट भएका कमिकमजोरी सुधार गर्ने गरी सचेत पार्न आग्रह गरेका छन् । 
 

प्रतिक्रिया