गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:१९

मुख्यमन्त्री कमल शाहद्वारा पूर्वमुख्यमन्त्री र सभामुखसँग छलफल

धनगढी
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, माघ ०८, २०८१
मुख्यमन्त्री कमल शाहद्वारा पूर्वमुख्यमन्त्री र सभामुखसँग छलफल

धनगढी ःसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशको समग्र अवस्थामा सुधार ल्याउन निर्वतमान तथा पूर्व मुख्यमन्त्री र सभामुखसँग छलफल गर्नुभएको छ ।

मङ्गलबार धनगढीमा भएको भेटघाटमा प्रदेश सभा कसरी निरन्तर सञ्चालन गर्ने, सुदूरपश्चिमको विकास र समृद्धिमा के, कसरी काम गर्न सकिन्छ भन्नेमा छलफल गरिएको मुख्यमन्त्री शाहले बताउनुभयो ।

छलफलमा निर्वतमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी, पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, ०७४ को पहिलो कार्यकालका मुख्यमन्त्री त्रिलोचन भट्ट र हालका प्रदेश सभाका सभामुख भीमहादुर भण्डारीको उपस्थिति रहेको थियो । यस्ता खालका बैठक नियमित रुपमा गरिने मुख्यमन्त्री शाहको भनाई रहेको छ ।
 

प्रतिक्रिया