गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ १२:०५

बाजुरामा रुखबाट लडेर एक महिलाको मृत्यु

गाैमुल खबर गाैमुल खबर
बिहीबार, माघ ०३, २०८१
बाजुरामा रुखबाट लडेर एक महिलाको मृत्यु

बाजुरा : बाजुरामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका-३ बसालीकी ४३ वर्षीया बसन्ती उपाध्यायको रुखबाट लडेर मृत्यु भएको हो । 

विहीबार भैसीका लागि घर नजिकै रहेको रुखमा डाले घाँस काट्ने क्रममा रुखको हागोँ भाचिएर खसेपछि गम्भीर घाइते भएकी थिइन् । उपाध्ययलाई उपचारका लागि ब्रह्मतोला स्वास्थ्य चौकी लिएकोमा घटनास्थलमै मृत्यु भएको डाक्टरले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

घाँस काट्ने रुख नजिकै खानेपानीको धारा भएकाले टाउकोमा गम्भीर चोट लागेपछि मृत्यु भएको हुन सक्ने प्रहरी जनाएको छ । उपाध्याय चौपाखे सामुदायिक सिकाइ केन्द्र ब्रह्मतोलामा कार्यरत थिईन् । उनका दुई छोरा छन् ।

प्रतिक्रिया