गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५८
Dho

बाजुराको पाण्डुसैनमा काँग्रेस र समाजवादी कार्यकर्ताबीच कुटाकुट, २ जना पक्राउ

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, बैशाख २४, २०७९
बाजुराको पाण्डुसैनमा काँग्रेस र समाजवादी कार्यकर्ताबीच कुटाकुट, २ जना पक्राउ

बाजुरामा नेपाली काँग्रस र नेकपा एकिकृत समाजवादीका कार्यकर्ताबीच शुक्रबार भएका झडपका मुख्य दोषीलाई प्रहरीले प्रक्राउ गरेको छ । नेपाली काँग्रेसका कार्यकर्ता नरेन्द्र सार्की र केशब कार्कीलाई प्रहरीले प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनीहरु दुबै जनालाई नियन्त्रमा लिई थप अनुसन्धानका लागि जिल्ला सदरमुकाम मार्तडी ल्याईएको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो पाण्डुसेनस्थित अगाउँपानीमा समाजवादीका कार्यकर्ताले कुकूरलाई हिर्काएको निउँमा काँग्रेस कार्यकर्ताले गरेको झडपले झन उग्ररुप लिदै गएपछि दर्जनौं घाइते भएका थिए । झडपमा नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला सचिव पुरबहादुर रावतलाई खुकुरी प्रहार भएको थियो । भने सोही घटनामा खडक बोहरा पनि घाइते भएका थिए ।   

घाइते रावत र बोहरालाई हिजो बेलुका नै उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याईएका छन् । रावतको हातमा खुकुरी प्रहार गरेको छ । काँग्रेसका कार्यकर्ताले प्रहरी चौकी नै घेराउमा राखेपछि चौकी सुरक्षामा खटिएका १६ जना प्रहरी सामान्य घाइते भएका छन् भने अन्य ४ जना पनि घाइते भएका छन् । 

प्रहरीले स्थिती नियन्त्रण लिनका लागि दिनभर १४ राउन्ड हवाई फायर समेत गरेको थियो । एकिकृत समाजवादीका कार्यकर्ताले कुकूरलाई हिर्काएको आरोपमा नेपाली काँग्रेस र समाजवादीका कार्यकर्ताबीच दोहोरो झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन । 

एकिकृत समाजवादीका कार्यकर्ता प्रहरी चौकीमा संरक्षण लिन पुगेपछी प्रहरीले संरक्षण गरेको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताले प्रहरी चौकी समेत तोडफोड गर्न खोज्दा प्रहरीले हवाई फायर गरेको सूचना अधिकारी बोगटीले बताए ।

झडपमा प्रहरी सहीत समाजवादीका जिल्ला सचिब पुरबहादुर रावत, खडक बोहरा घाइते भएका छन् । १६ जना प्रहरी र २ जना काँग्रेस कार्यकर्ता पनि घाइते भएको प्रहरीले जनाएको छ । हिजो नै जिल्लाबाट सुरक्षा निकायको टोली घटनास्थल पुगेपछि हाल समान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया