बाजुरा : बझाङमा एक महिलाको ढुङ्गा पल्टिदा मृत्यु भएको छ । मृत्यु हुनेमा थलारा गाउँपालिका–३ देवल स्थायी घर भएकी राधिका जोशी (उपाध्याय) रहेकी छन् ।
सोमबार दिउँसो करिब १ बजेको समयमा गाउँ नजिकै रहेको भगवती आधारभूत विद्यालय नजिकै घर पोत्ने माटो खन्ने ढुङ्गाले च्यापिएर घटना स्थलमै मृत्यु भएको हो ।
माटोको खान माथि ठुलो ढुङ्गा रहेको उक्त ढुंगा खसेर खानभित्र च्यापिएर मृत्यु भएको बुझिएको छ । मृत्यक उपाध्यायको ४० दिनको नाबालक बच्चा र अढाइ वर्षको एक छोरा टुहुरो भएका छन् ।
आमाको मृत्यु भएपछि नाबालक विचल्लीमा परेका छन् । श्रीमान कुलराज उपाध्याय गौमुल गाउँपालिकामा प्रशासन सहायकको रुपमा कार्यरत रहेका छन् ।
कार्यालयमा नै रहेका श्रीमान उपाध्याय श्रीमतिको निधनको खबर सुनेसंगै सोमबार बिहानै घरमा गएका छन् । माघी पर्वको मुखमा नै २४ वर्षीया राधिकाको निधनले सिंगो गाउँ शोकमा डुबेको छ ।
प्रतिक्रिया