गाैमुल खबर डटकम बिहीबार २९, फागुन २०८१ ११:४१

विकट पाँडी गाउँमा टेलिफोन टावर

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, पुष २९, २०८१
विकट पाँडी गाउँमा टेलिफोन टावर

बाजुरा : हिमाली गाउँपालिका–६ पाँडी गाउँमा टेलिफोन टावर सञ्चालनमा आएको छ । गाउँमा पहिलो पटक सञ्चारको सुविधा पुगेको छ । नेपाल टेलिकमले टावर विस्तार गरेपछि सञ्चारको पहुँच पुगको हो ।

मोबाईल तथा इन्टरनेट प्रदायक कम्पनीको कुनै पनि सेवाबाट प्रभावकारी रुपमा सञ्चार सुविधा उपभोग गर्न नपाएका पाडीका बासिन्दाको माग र आवश्यकतालाई मध्यनजर गर्दै नेपाल टेलिकम बाजुरा शाखाले टावर स्थापना गरेपछि स्थानीयबासी लाभान्वित बनेका छन् ।

टेलिकमले टावर स्थापना गरेपछि पहिलो पटक सञ्चार सुविधा पाएको भन्दै टेलिकमको प्राविधिक टोलीलाई धन्यवाद दिएका छन् । सञ्चारको सहज सुविधा प्राप्त भएपछि स्थानीयबासी खुसी भएको नेपाल टेलिकम बाजुरा शाखाका प्रमुख लोक बहादुर खड्काले बताएका छन् ।

उनका अनुसार टावर स्थापना गरिदिएपछि सबै गाउँबासीमा हर्ष छाएको छ । गाउँमा मोबाईल र इन्टरनेटको समेत सुविधा पुगेको हो । उक्त गाउँमा रहेका करिब ४ सय बढी घरपरिवार टाढा रहेका आफन्त र घरपरिवारसंग कुराकानी गर्न पाएपछि खुसी भएको स्थानीय उमेश रोकायाले बताएका छन् ।

गाउँपालिका अन्य ठाउँ बिच्छ्या, कवाडी र गुम्बा गाउँमा समेत नेपाल टेलिकम बाजुरा शाखासंगको समन्वयमा तत्काल टावर निर्माण गरिने अध्यक्ष गोविन्द मल्लले बताएका छन् ।

पाँडी गाउँमा फोर जी र टु जी टावर सञ्चालनमा आएपछि स्थानीयलाई हरेक सूचना लिनदिन सहज भएको छ । वर्षोपछिको समस्या समेत समाधान भएको छ । 

प्रतिक्रिया