गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:३८

कर्मचारीद्धारा उपाध्यक्ष थापालाई बधाई तथा सम्मान

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, पुष २५, २०८१
कर्मचारीद्धारा उपाध्यक्ष थापालाई बधाई तथा सम्मान

बाजुरा ः‘सी लिड्स आइकन अवार्ड’ प्रदान गरेकी गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापालाई पालिकाका कर्मचारीहरुले बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेका छन् ।

‘कल्प एम्पावर वेमेन नेपाल’ द्वारा गत शुक्रबार आयोजित महिला जनप्रतिनिधिहरूको सम्मानमा उपाध्यक्ष थापा देशभरका महिला जनप्रतिनिधिहरुमा तेस्रो भएकी हुन् ।

आज गाउँपालिकामा कार्यरत कर्मचारीहरुले औपचारिक कार्यक्रमका साथ बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको प्रशासन सहायक गगन धामीले बताएका छन् ।

कर्मचारीहरुले खुसी व्यक्त गर्दै देशभरका २७ जना जनप्रतिनिधिहरु मध्येबाट छनोटमा परेर उत्कृष्ट तेस्रो स्थान प्राप्त गरेको भन्दै बधाई दिएका छन् ।

उपाध्यक्षको उपस्थिति र सक्रियता नै काफी छ । महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने प्रमाण स्थापित गरेको प्रति कर्मचारीहरुले धन्यवाद दिएका छन् ।

कार्यक्रममा उपाध्यक्ष थापाले आफुलाई करुणा, माया र स्नेह भावका साथ सबैको सहयोगका कारण स्थान प्राप्त भएको बताएकी छन् ।

सो अवसरमा प्रभावकारी काम गर्ने विभिन्न पालिकाबाट छानिएका २७ जना महिला जनप्रतिनिधिलाई ‘सी लिड्स आइकन’ सम्मान गरिएको थियो ।

त्यस्तै तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई ‘सी लिड्स आइकन अवार्ड’ प्रदान गरिएको थियो ।  कार्यक्रममा देशका विभिन्न स्थानीय तहका जनप्रनिधिको उपस्थिति थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई सम्मान गरेका हुन् । हाल देशका स्थानीय तहमा ४० प्रतिशत महिला जनप्रतिनिधि रहेका छन् ।

प्रतिक्रिया