काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ सालमा संविधान संशोधन हुने बताएका छन् । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले तत्काल संविधान संशोधन नहुने बताएका हुन् । ‘संविधानमा केही त्रुटि छन्, संशोधन गर्नुपर्नेछ ।
तर ०८७ मा मात्रै हुन्छ’, प्रधानमन्त्री ओलीले भनेका थिए । प्रधानमन्त्री ओलीले ८७ सालमा संविधान संशोधन भनेपछि केही नेताले त्यसलाई सच्याउनेगरी ‘८३ साल होला’ भनेका थिए ।
तर प्रधानमन्त्री ओलीले दोहोर्याएरै भने, ‘मैले ०८७ सालमै भनेको ।’ बैठकमा सहभागी एक नेताका अनुसार संसदको समीकरणका कारण संविधान संशोधन ०८७ सालमा हुने प्रधानमन्त्री ओलीको अनुमान थियो ।
‘हामी अहिले पनि संविधान संशोधन गर्न चाहिने दुई तिहाइ जुटाउने पक्षमा छौं । तर राष्ट्रिय सभाका कारण संभव भइरहेको छैन’, प्रधानमन्त्री ओलीले भने, ‘संविधान संशोधन त गर्ने नै हो । तर ०८७ मा ।’
प्रतिक्रिया