गाैमुल खबर डटकम आइतबार १५, असार २०८२ ०३:५०

तिब्बत भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, पुष २३, २०८१
तिब्बत भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो

काठमाडौं : चीनको तिब्बतमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ। ग्लोबल टाइम्सका अनुसार स्थानीय समय ३ बजेसम्म भूकम्पमा परी १३० जना घाइते भएका छन्।

तिब्बतको क्षेत्रीय विपद् व्यवस्थापन मुख्यालयले मंगलबार बिहान सिगात्से सहरको डिङ्ग्री काउन्टी, शिजाङ स्वायत्त क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प मापन गरेको थियो। यसअघि ५३ जनाको मृत्यु र ३८ जना घाइते भएको त्यहाँका अधिकारीहरूले बताएका थिए। मृत्यु र घाइतेहरूको संख्या बढ्नसक्ने उनीहरूले आकलन गरेका छन्।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम जारी रहेकाले एकीन तथ्यांक आउन नसकेको अधिकारीहरूलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ।

सिगात्सेबाट ३५ किलोमिटर टाढाको क्षेत्रमा केन्द्रबिन्दु बनाउँदा काठमाडौंलगायत नेपालका अधिकांश क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो। नेपालसँगै बंगालादेश, भारत र भुटानमा पनि धक्का महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रतिक्रिया