गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:२७
Dho

केपी ओलीको जन्मदिनको अवसरमा केपी ‘बा’ स्पोर्ट क्लबद्धारा बिरामीलाई फलफूल वितरण

pramit bk pramit bk
बुधबार, फागुन ११, २०७८
केपी ओलीको जन्मदिनको अवसरमा केपी ‘बा’ स्पोर्ट क्लबद्धारा बिरामीलाई फलफूल वितरण

बाजुरा : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा आलीको जन्मदिनको अवसरमा बिरामीलाई फलफूल वितरण गरेको छ । 

बाजुरामा रहेको केपी बा स्पोर्ट क्लबको आयोजनामा ओलीको जन्मदिनको अवसर पारी जिल्ला अस्पतालमा रहेका बिरामीको स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण गरेको हो । 

एमाले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले ७० वर्ष पार गरी ७१ बसन्तमा प्रवेश गरेको जन्मत्सवको अवसरमा अस्पतालमा रहेका उपचाररत बिरामीलाई स्वास्थ्य लाभको कामका सहीत फलफूल वितरण गरिएको केपी बा स्पोर्ट क्बलका अध्यक्ष लक्ष्मण रोकायाले बताएका छन् ।

बुधबार विहान केपी बा स्पोर्ट क्लबका पदाधिकारी र एमालेका नेताले अस्पतालमै पुगेर बिरामीलाई फलफूल वितरण गरेको हो । नेकपा एमाले बाजुराका प्रचार विभाग प्रमुख कासी विक, जिल्ला कमिटी सदस्य माया कुवर, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य गाणेश थापा लगायतले उपचाररत बिरामीलाई स्वाथ्य लाभको कामना सहीत फलफूल वितरण गरेको थियो ।

फलफूल वितरण कार्यक्रममा केपी बा स्पोर्ट क्लबमा आवद्ध पदाधिकारी र एमालेका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । एमाले बाजुराका प्रचार विभाग प्रमुख कासी विक, जिल्ला कमिटी सदस्य माया कुवर, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य गाणेश थापा, अनेरास्ववियु सचिव हिक्मत रोकाया लगायतको सहभागि थिए । 

प्रतिक्रिया