गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०५:०४

अनेरास्ववियुको महाधिवेशन चैत मसान्तभित्र गर्ने निर्णय, फागुन १५ मा स्ववियु चुनाव सम्पन्न गर्न माग

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बुधबार, पुष ०३, २०८१
अनेरास्ववियुको महाधिवेशन चैत मसान्तभित्र गर्ने निर्णय, फागुन १५ मा स्ववियु चुनाव सम्पन्न गर्न माग

काठमाडौं : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आगामी चैत मसान्त भित्रमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । १२ औं सचिवालय बैठकले चैत मसान्तभित्र २४ औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले बताए ।

उनका अनुसार मिति भने पछि तोकिनेछ । त्यस्तै, अनेरास्ववियु केन्द्रीय कमिटी बैठक चौथो आगामी माघ ६ देखि ८ सम्म काठमाडौंमा हुने निर्णय भएको पौडेलले जानकारी दिए ।

त्यस्तै, त्रिविले तोकेकै मिति फागुन १५ गते स्ववियु निर्वाचन सम्पन्न गराउन पनि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरि दबाब सिर्जना गर्ने पनि निर्णय गरिएको पौडेलले बताए ।

त्यस्तै, त्रिविमा स्ववियु सचिव सिधान्त भट्टले ३५ बुँदे विश्वविद्यालय सुधारको लागि राखेको धर्नाका माग अविलम्ब पूरा गर्न पनि अनेरास्ववियुले ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया