गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०५:००

रक्षा मन्त्रालयका सचिव दंगाल गौमुल आउने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, पुष ०३, २०८१
रक्षा मन्त्रालयका सचिव दंगाल गौमुल आउने

बाजुरा : रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाल गौमुल गाउँपालिका आउने भएका छन् । गाउँपालिकाको वडा नम्बर–१ अन्द्राडीमा रहेको अन्द्राडी लघु जलविद्युतको भ्रमण र १ र २ नम्बर जोड्ने दोगाडे खोलामा निर्माण गरिएको झोलुङ्गे पुल उद्घाटनका आउने भएका छन् ।

गाउँपालिकाको–१ अन्द्राडीमा १०० किलोवाट विद्युत उत्पादन गरेको काँदुरी एग्रीकल्चर एड एसोशियसनको टिमले रक्षा मन्त्रालयका सचिव सहित भ्रमण गर्ने गरी आउने आयोजनाका अध्यक्ष धन बहादुर बोहराले बताएका छन् ।

वडाका स्थानीयको श्रमदान र काँदुरी एग्रीकल्चर एड एसोशियसन पोखराले झण्डै ११ करोडको लगानीमा विद्युत उत्पादन गरेको हो । उक्त विद्युतको अवस्था बारे जानकारी लिन र भ्रमण गर्न टोली आउने भएको छ ।

सिम्रिक एयरको हेलिकप्टर मार्फत टोली अन्द्राडी आउने कार्यतालिका रहेको छ । टोलीमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाल, सहसचिव ज्ञान प्रसाद ढकाल, काँदुरी एग्रीकल्चर एड एसोशियसन संस्थाका कमाण्डर कर्णेल डेनरेक्स, कर्णेल यानडिरियु मिल्ज, प्राविधिक निर्देशक डाक्टर नारायण गुरुङ सहित आउने भएका छन् ।

सोही कार्यक्रममा सहभागी हुनका लागि गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकाया सहितको टोली समेत अन्द्राडी पुगिसकेको छ । बिहीबार बिहाना ११ बजे उक्त टोली पुगे लगत्तै झोलुङ्गे पुल उद्घाटन र भ्रमण गरिने बुझिएको छ । 
 

प्रतिक्रिया