गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०५:०२

फूलपाटामा शैक्षिक र विकास बहस

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, पुष ०३, २०८१
फूलपाटामा शैक्षिक र विकास बहस

बाजुरा : गौमुल गाउँपालिका–२ मल्लोदुगुनमा रहेको फूलपाटा माध्यामिक विद्यालयमा आज शैक्षिक र विकास बहस सञ्चालन गरिएको छ । वडामा रहेका विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तथा विकासको अवस्थाका विषयमा स्थानीयको बुझाई र आवश्यकता सुन्ने गरी कार्यक्रमको आयोजना गरिएको हो ।

विद्यालयमा हालसम्मको शैक्षिक गुणस्तरको अवस्था र सरोकारवाला निकायले खेल्नुपर्ने भूमिका केन्द्रीत बहस सञ्चालन गरिएको हो । गाउँपालिकाको समग्र शैक्षिक गुणस्तर हालसम्म सुधार हुन नसकेका कारण उक्त विद्यालयमा शैक्षिक बहसको आयोजना गरिएको पालिका अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् ।

गाउँमा जनताका गुनासा सुन्न र समस्या बुझ्ने अध्यक्ष रोकाया सहित सिंगो पालिकाको टिम वडा केन्द्रीत बनेको बेला शैक्षिक बहस समेत सञ्चालन गरिएको हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावक समेतको सहभागीतामा बहसको आयोजना गरिएको हो ।

बहसमा सम्पूर्ण सरोकार राख्ने निकायले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भूमिका खेल्ने गरी निष्कर्ष निस्केको छ । बहसमा प्रमुख वक्ताको रुपमा गौैमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले सवाल जवाफ गरेका थिए ।

बहसमा रोकायाले शैक्षिक गुणस्तर सुधारका लागि सबैले भूमिका निर्वाह गर्ने जरुरी रहेको बताएका छन् । स्थानीय सरकारका तर्फबाट भौतिक संरचना देखि अन्य व्यवस्थापन गरिसकेकोले अब शैक्षिक गुणस्तर सुधार्नमा ध्यान दिन आग्रह गरेका छन् ।

कार्यक्रममा गौमुल गाउँपालिका–२ का वडा अध्यक्ष देव बहादुर रोकाया, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राम नाथ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, विद्यालयका प्रधानाध्यापकले समेत छलफलमा भाग लिएका हुन् । 

May be an image of 1 person, mountain and crowd

प्रतिक्रिया