बाजुरा : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाजुराले पूर्णता पाएको छ । जिल्ला संयोजक तोकेको लामो समयदेखि जिल्ला समिति निर्माण नहुँदा सोमबार जिल्लामा भएको भेलाले जिल्ला समितिलाई पूर्णता दिएको छ ।
रास्वपा बाजुराका संयोजक नवराज जैशीका अनुसार सोमबार जिल्ला भेलाबाट ११ सदस्यीय जिल्ला समिति गठन भएको बताएका छन् ।
सोमबार भएको जिल्ला भेलाले सभापतिमा नवराज जैशी, उपसभापतिमा पूर्णलाल पाण्डे, सचिव पूर्णबहादुर बुढा, सहसचिव कृष्णबहादुर रावल, कोषाध्यक्ष मनिशा रावल रहने गरी ११ सदस्यीय जिल्ला समिति बनाईएको छ ।
यसैगरी सदस्यमा भेषराज नाथ योगी, सगुने थापा, अमर बहादुर रावल, तुलसी कटुवाल, भीमसिंह वि.क. र मिना कुमारी रोकाया रहेको जिल्ला समिति गठन भएको सभापति जैशीले जानकारी दिएका छन् । पार्टीका आवद्ध रहेका नेता तथा कार्यकर्ताहरु सहभागी भएको जिल्ला भेलाले जिल्ला समितिलाई पूर्णता दिएको हो ।
प्रतिक्रिया