बाजुरा : बाजुरास्थित बुढीगंगा नगरपालिकाद्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधी भानोदय मावि नौविसले जितेको छ । भानोदयले आफ्नो विगतको वर्चस्व कायम राख्दै १९ स्वर्ण सहित प्रथम स्थान हात पार्न सफल भएको छ ।
त्यस्तै ४ स्वर्ण सहित त्रिशक्ति मावि बाह्रबिस दोस्रो र शारदा मावि ४ स्वर्ण सहित तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् । गत मंसिर २८ गतेबाट सञ्चालन भएको उक्त प्रतियोगीताको पूर्व उद्योगमन्त्री कर्णबहादुर थापाले उद्घाटन गरेका हुन् ।
पशुपति मावि ताप्रामा सञ्चालन गरिएको प्रतियोगीतामा पालिका भरका मावि विद्यालयहरुको सहभागीता रहेको थियो । मर्यादित, शान्तिपूर्ण र सौहार्द वातावरणमा सम्पन्न भएको नगर प्रमुख राम बहादुर बाँनियाले बताएका छन् । साथै मार्सलाट विधातर्फ २ महिना पालिकाले बन्द प्रशिक्षण सञ्चालन गर्ने समेत नगर प्रमुख बाँनियाले बताएका छन् ।
प्रतिक्रिया