गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:५४

प्रविधि सुहाउँदो शैक्षिक गुणस्तर परिवर्तन हुनुपर्ने बेला आयो : अध्यक्ष रोकाया

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, मङि्सर २०, २०८१
प्रविधि सुहाउँदो शैक्षिक गुणस्तर परिवर्तन हुनुपर्ने बेला आयो : अध्यक्ष रोकाया

बाजुरा : गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले हालको विश्व प्रविधि सुहाउँदो शैक्षिक गुणस्तर सुधार हुन आवश्यक रहेको बताएका छन् ।

बिहीबार गाउँपालिकामा आयोजित विद्यालयका प्रधानाध्यापकसंगको बैठकको सम्बोधन गर्दै अध्यक्ष रोकायाले यस्तो बताएका हुन् ।

शैक्षिक गुणस्तर सुधार गर्ने कुरा औपचारिकतामा मात्र सीमित भएकोले यतातिर ध्यान नदिएर प्रविधिसंग जुध्ने गरी अबको शिक्षा प्रणालीलाई प्राथमिकता दिन जरुरी रहेको बताएका छन् ।

शैक्षिक गुणस्तरको प्रतिफल प्राप्त गर्न हालसम्म नसकिएको उल्लेख गर्दै रणनीतिक रुपमा जानुपर्ने बेला आएकोले यसमा सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन् ।

कक्षागत विद्यार्थीहरुलाई फरक-फरक तरिकाले हेर्नुपर्ने भएकोले १० वर्षे योजना सहित अघि बढ्नुपर्ने बेला आएको बताएका छन् ।

शैक्षिक गुणस्तर सुधारका लागि सोँच बदल्न आवश्यक रहेकोले जान्ने र नजान्ने विद्यार्थीहरुलाई सोही अनुसार शिक्षकले पठनपाठनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

दिनप्रतिदिन समय बदलिदैं गएकोले सोही अनुसारको शिक्षा अबको बालबालिकाले बाड्ने गरी शिक्षक तल्लीन हुन आवश्यकता औलाएका छन् ।

योग्यता भएका कतिपय शिक्षकहरुले आधारभूत कक्षामै सीमित हुनुपर्ने परिस्थितिलाई ध्यानमा राखेर केही शिक्षक विद्यालयहरुमा फेरबदल गरेको समेत बताएका छन् ।

एउटा असल शिक्षकले खेल्नुपर्ने भूमिका विद्यालयमा खेल्न अनुरोध गर्दै स्थानीय सरकारले परिणाम चोहेको बताएका हुन् । समाज बदल्न शिक्षकको बढी महत्व हुने भएकोले जनताको विश्वास शिक्षकसंग बढी हुने गरेको समेत बताएका छन् ।

अध्यक्ष रोकायाकै अध्यक्षतामा सञ्चालन भएको बैठकमा उपाध्यक्ष सीता थापा, वडा अध्यक्ष लगायत विद्यालयका प्रधानाध्यापक र शिक्षासंग सम्बन्धीत सरोकारवालाको सहभागीता रहेको थियो ।

गौमुल गाउँपालिका युवा खेलकुद तथा शिक्षा विकास शाखा प्रमुख राम नाथले सञ्चालन गरेको कार्यक्रम गाउँपालिकाका सभा हलमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया