गाैमुल खबर डटकम बिहीबार २०, मङि्सर २०८१ ०८:१३

गौमुलमा सामाजिक विभेद विरुद्धको अभियानमा धामीझाँक्रीलाई प्रशिक्षण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, मङि्सर १९, २०८१
गौमुलमा सामाजिक विभेद विरुद्धको अभियानमा धामीझाँक्रीलाई प्रशिक्षण

बाजुरा : गौमुल गाउँपालिकामा धामीझाँक्री तथा महिलाका लागि लैङ्गिक हिंसा र महिनावारी व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण गोष्ठी आजबाट सुरु भएको छ ।

गाउँपालिकाको केन्द्र घट्मुनामा आज एक औपचारिक कार्यक्रमका बीच कार्यक्रमको आयोजना गरिएको उपाध्यक्ष सीता थापाले बताएकी छन् ।

‘छाउ (महिनावारी) हुनु भनेको फूल फुल्नु जस्तै हो । फूल नफुली फल लाग्दैन । छाउ नभइ जायो (सन्तान) जन्मिदैन् तर पालिकामा  केही अवशेषको रुपमा रहेको सामाजिक विभेद अन्त्य गर्ने गरी कार्यक्रमको आयोजना गरिएको हो ।

समाजमा केही मात्रामा रहेको जातीय भेदभाव, छुवाछ्त, छाउपडी प्रथा, महिनावारीलाई न्युनिकरण गर्ने गरी कार्यक्रम सञ्चालन गरिएको छ ।

२ दिनसम्म सञ्चालन हुने कार्यक्रममा ६ वटै वडाबाट धामीझाँक्री, महिला अधिकार मञ्चका पदाधिकारी तथा सदस्य लगायतको सहभागीता रहेको छ ।

कार्यक्रममा धामीझाँक्री र महिला समूहलाई प्रशिक्षणको रुपमा काँशी विक र प्रशासन सहायक गगन धामी लगायतले गरिरहेका छन् ।

उपाध्यक्ष सीता थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा ६ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतको सहभागीता रहेको थियो ।

प्रशिक्षणबाट धामीझाँक्री तथा महिला समूहले समाजलाई सकारात्मक बाटोमा डोर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गाउँपालिकाले लिएको छ । 

प्रतिक्रिया