बाजुरा : गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले समाजमा रहेका विभेदकारी संरचनाको अन्त्य हुन जरुरी रहेको बताएकी छन् ।
पालिकामा आयोजित धामीझाँक्री तथा महिलाका लागि लैङ्गिक हिंसा, घरेलु हिंसा तथा महिनावारी व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण गोष्ठी कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।
हिंसारहित समाज निर्माणको उद्देश्य सहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानसंगै कार्यक्रम आयोजना गरिएकोले कसैले पनि हिंसा, अपमान र विभेद महसुस गर्न नहुने बताएकी छन् ।
यो अभियानलाई सबैको संयुक्त प्रयासबाट अगाडी बढाउन जरुरी रहेको भन्दै थापाले ‘एउटा मेसिनलाई यन्त्र ठान्ने दास युग, महिलालाई वस्तु ठान्ने सामन्ती युगबाट हामी अहिले चेतनागत, मान्यतागत, संवैधानिक, कानुनी हिसाबले र व्यवहारिक हिसाबले आधुनिक, समतामुलक, शान्तिपूर्ण युगमा प्रवेश गरेका छौं र यसलाई अझ उन्नत बनाउने प्रयासमा लाग्न सुझाव दिएकी छन् ।
हामी सबैलाई सभ्य, हिंसारहित समाज निर्माण गर्न महत्वपूर्ण योगदान दिने विश्वास दिदै हरेक संघसंस्था वा समाज सबै ठाउँबाट संकल्प गरौं कि अब हामी लैङ्गिक हिंसा, जातीय भेदभाव हुन नदिने गरी सबैलाई त्यहीँ प्रेरणा प्रदान हुने विश्वास लिएकी छन् ।
प्रतिक्रिया