गाैमुल खबर डटकम बिहीबार २०, मङि्सर २०८१ ०१:३९

समाजमा अपमान र विभेद महसुस गर्न कसैले नपरोस् : प्रवक्ता रोकाया

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, मङि्सर १९, २०८१
समाजमा अपमान र विभेद महसुस गर्न कसैले नपरोस्  : प्रवक्ता रोकाया

बाजुरा : गौमुल गाउँपालिकाका प्रवक्ता एवंम् वडा अध्यक्ष देव बहादुर रोकायाले समाजमा कसैले पनि अपमान र विभेद महसुस गर्न नहुने बताएका छन् ।

गाउँपालिकामा आयोजित धामीझाँक्री तथा महिलाका लागि लैङ्गिक हिंसा व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण गोष्ठी कार्यक्रमका सहभागीलाई स्वागत गर्दै रोकायाले यस्तो बताएका हुन् ।

आफुहरुले समुन्नत समाजको निर्माण गरी जिल्लामै सामाजिक विभेदरहित गाउँपालिकाको सन्देश दिएकोले थप केही अवशेषको रुपमा रहेको विभेद अन्त्य गर्ने गरी आफुहरु लागेको बताएका छन् ।

गाउँपालिकाले लिएको हरेक नीतिलाई पालना गरी समाजमा हुने जातीय विभेद, लैङ्गिक हिंसा र समाजलाई प्रभाव पार्ने खालका कुनै पनि हिंसा गर्न नहुनेमा जोड दिएका छन् ।

समाजमा जरो गाँडेर बसेका सबै हिंसा निरुत्साहित पारेर धामीझाँक्रीले समाजमा कस्तो खालको भूमिका खेलेको छौं भन्ने कुराको सिकाई गर्न कार्यक्रमको आयोजना गरिएको बताएका छन् ।

प्रतिक्रिया