गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ ११:२१

स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष एमालेले जित्यो, सुलोचनाले विरासत फकाईन्

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, मङि्सर १७, २०८१
स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष एमालेले जित्यो, सुलोचनाले विरासत फकाईन्

बाजुरा : २०७९ को स्थानीय तहको निर्वाचनमा १७३ मतले पराजित भएकी एमाले उम्मेदवार सुलोचना कुमारी भण्डारी (बुढा) ले त्यो भन्दा बढी मत पाउँदै उपनिर्वाचन जितेकी छन् । २०७९ को निर्वाचनमा एमाले काँग्रेसकै प्रतिस्पर्धामा काँग्रेस उम्मेदवार  मैनादेवी जोशी विजयी भएकी थिइन् ।

जोशीले एक हजार ८१० ल्याएर विजयी हुँदा बुढाले एक हजार ६३७ पाएकी थिइन् । जोशीको निधन भएपछि भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार पुल्तीसरा शाहीलाई २६६ मतान्तरले पछि पार्दै सुलोचना निर्वाचित भएकी हुन् ।

सुलोचना १ हजार ७४० मत सहित विजयी हुँदा काँग्रेस उम्मेदवार पुल्तीसराले १ हजार ४७४ मत पाइन् । नेकपा एकीकृत समाजवादीकी जवा शाहीले ५५३ पाएकी छन् । ७ हजार ४६० मध्ये ३ हजार ९०३ जनाले मतदान गरिसकेका थिए ।

एमालेको लालकिल्ला मानिएको स्वामीकार्तिकमा नेकपा विभाजनपछि नेपाली काँग्रेस बलियो देखिएको थियो । एमालेकी सुलोचनाले पार्टीको विरासत फर्काएकी छन् । उपनिर्वाचनमा माओवादी केन्द्रले एमाले उम्मेदवारलाई सहयोग गरेको हो । 

Open photo

प्रतिक्रिया