गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:१३

कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा नेमकिपाका शाही निर्वाचित

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, मङि्सर १६, २०८१
कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा नेमकिपाका शाही निर्वाचित

कालिकोट : तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टी नेमकिपाका खड्कराज शाही निर्वाचित भएका छन् ।

उनी १४३ मत ल्याएर वडाध्यक्षमा विजयी भएको कालिकोटका निमित्त जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले जानकारी दिए ।

यहाँ एकीकृत समाजवादीको साथ पाएको माओवादीका नैशोभा शाहीले ११५, एमालेबाट ऐनबहादुर शाहीले ७८, कांग्रेसबाट पैलन बहादुर शाहीले ४९ मत पाएका छन् ।

यस्तै राप्रपा १५, स्वतन्त्रले ५ र ४ मत बदर रहेका छन् । यहाँ ४११ मत खसेको थियो । यहाँ यसअघि माओवादीले जितेको थियो । 

प्रतिक्रिया