गाैमुल खबर डटकम मङ्गलबार २४, भदौ २०८२ ०२:५१

रोल्पामा झोलुङ्गे पुल निर्माण गर्ने क्रममा पहिरोले पुरिएर चार जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
आइतबार, मङि्सर १६, २०८१
रोल्पामा झोलुङ्गे पुल निर्माण गर्ने क्रममा पहिरोले पुरिएर चार जनाको मृत्यु, एक बेपत्ता

रोल्पा : रोल्पामा झोलुङ्गे पुल निर्माण गर्ने क्रममा पहिरोले पुरिएर चारजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमा दुई पुरुष र दुई महिला रहेका छन् ।

जिल्लाको सुनछहरी गाउँपालिका-३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि खाल्डोमा काम गर्दै गरेका कामदारलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिए । बेपत्ता एकजनाको खोजी भइरहेको प्रवक्ता शाहीले बताए। मृतकहरूको पहिचान हुन बाँकी छ ।

प्रतिक्रिया