गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ ११:०८

स्वामीकार्तिकमा ३५ प्रतिशत मत खस्यो

बाजुरा
रमित वि.क.
आइतबार, मङि्सर १६, २०८१
स्वामीकार्तिकमा ३५ प्रतिशत मत खस्यो

बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकामा भईरहेको उपनिर्वाचनमा ३३ प्रतिशत मत खसेको छ । उपाध्यक्ष चयनका लागि उत्सापूर्ण रुपमा मतदान भइरहेको छ ।

आइतबार बिहान साढे ७ बजेदेखि सुरु भएको मतदान शान्तपूर्ण तरिकाले भइरहेको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिएका छन् ।

उपाध्यक्ष चयनका लागि ५ वटा मतदान स्थलमा ९ वटा मतदान केन्द्रहरु तोकिएका छन् ।  स्वामीकार्तिक खापर गउँपालिकामा नेकपा एमालेबाट सुलोचना भण्डारी (बुढा), नेपाली काँग्रेसबाट पुल्तीसरा शाही र एकीकृत समाजवादीबाट जवा शाही उम्मेदद्वारा छन् ।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएकी राजुकुमारी विकले नेकपा एमालेका उम्मेद्वार सुलोचना बुढालाई सहयोग गर्ने गरी फिर्ता लिएकी हुन् ।

हालसम्म सबै मतदान केन्द्रमा मतदान भयरहित वातावरणमा सञ्चालन भईरहेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् ।
 

प्रतिक्रिया