गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३६
Dho

प्रधानमन्त्री रोजगारमा शिक्षकदेखि पालिका कर्मचारीका श्रीमती छनोट, यथार्थ गरीब बञ्चित

pramit bk pramit bk
बुधबार, फागुन ११, २०७८
प्रधानमन्त्री रोजगारमा शिक्षकदेखि पालिका कर्मचारीका श्रीमती छनोट, यथार्थ गरीब बञ्चित

बाजुरा : प्रधानमन्त्री रोजगार कार्यक्रमा राजनीतिकरण भएको पाईएको छ । जिल्लाका विभिन्न स्थान स्थानीय तहहरुले राजनीतिकरण गदै आफ्ना नजिकका कार्यकर्ताहरुलाई राजेगारीमा छनोट गर्ने गरेको पाइँदै आएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा यथार्थ गरिबहरु भने राजनीतिकरणले बञ्चित हुदै आएका छन् । यसै अनुरुप बाजुराको खप्तड छेडेदह गाउँपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रममा छनोट गर्दा यथार्थ गरिबलाई छनोट नगरी शिक्षक कर्मचारी र ठेकेदार लगायतका परिवारका सदस्यलाई छनोट गरेको पाईएको छ । 

जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ मा यस्तो भेटिएको हो । सो वडामा शिक्षक, पालिका कर्मचारी, ठेकेदार, वडाका कर्मचारी, लेखापाल लगायतका परिवारका सदस्यहरुलाई छानोट गरी काममा लगाएका छन् ।

वडामा धेरै जसा शिक्षककी श्रीमती र शिक्षिकाका श्रीमान छनोट भएका छन् । जसमा मष्टेश्वरी मावि डोगडीका प्रधानाध्यापक मंगल धामिकी श्रीमती सिर्जना धामी समेत रोजगारमा छनोट गरिएकी छन् ।

त्यस्तै ब्रहमदेब निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश नाथकी श्रीमती लक्ष्मीदेबि नाथ, विद्यालयका शिक्षक गोरे नाथकी श्रीमती नामसरा नाथ, शिक्षक अर्जुन नाथकी श्रीमती चन्दकला नाथ, शिक्षक चन्द नाथका छोरा सन्तोष नाथ, शिक्षिका सारा नाथका श्रीमान गोरे नाथ योगी, शिक्षिका सत्यदेबि नाथका श्रीमान नन्द नाथ योगी रोजगारमा छनोट गरी उनीहरु काम गरिरहेका छन् । यी सबै एउटै विद्यालयका शिक्षक शिक्षिकाका परिवारका सदस्यहरु हुन् ।   

गाउँपालिकामा कार्यरत पोषण संयोजक शेरबहादुर बुढाकी श्रीमती मना बुढा, सोही वडा कार्यलयमा कार्यरत लेखापाल शंकर नाथकी श्रीमती पार्वती कुमारी गिरी  समेत छनोटमा परेका छन् । त्यस्तै ठेकेदार बुद्ध बुढाका आमा माता बुढा पनि छनोटमा पारिएको छ ।

यथार्थ गरिब तथा रोजगारीका लागि भैतारिरहेका मान्छेहरुलाई रोजगारीबाट बञ्चित गरी शिक्षक तथा पालिकाका कर्मचारीका परिवारका सदस्यहरुलाई नै प्रधानमन्त्री रोजगार कार्यक्रममा राखेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष कुम्भ नाथले आफ्ना कार्यकर्तालाई मात्र रोजगारमा छनोट गरेको भन्दै स्थानीय आक्रोसित भएका छन् ।

वडाध्यक्ष नाथले मनोमानित एकपक्षीय ढंगले रोजगारमा छनोट गरेको वडा कमिटीको बैठकमा स्थानीय लालवीर नाथले बताएका छन् । यथार्थ रोजगारीमा पर्नुपर्ने परिवारलाई छुटाएर शिक्षक वडादेखि पालिकाका कर्मचारी र ठेकेदारसम्मका सदस्यहरुको रोजगार कार्यक्रममा राज भएको उनले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमा पहिला र पछि छनोटमा परेकाहरुको नाम लिष्ट माग्दा वडाध्यक्ष कुम्भ नाथ र खप्तड छेडेदह गाउँपालिका रोजगार संयोजक लोकराज जोशीले अटेरी गरेको नाथले बताए ।

विपन्न परिवार र वर्ष पिछ्य आलोपालो गरेर छनोट गर्नु पर्ने भएपनि वडाध्यक्षले भने मनोमानित हिसाबले आफ्ना नजिकका कर्यकर्ता र शिक्षकका परिवारलाई छनोट गरेका छन् । वडाध्यक्ष नाथले चरम राजनीतिकरण गरी आफ्नो पार्टीमा आस्था राख्नेलाई मात्र रोजगारमा छनोट गरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया