बाजुरा : भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका–८ देउलीसैन स्थित रामकाट्या खोलाको भीरबाट लडेर सोही नगरपालिका–९ थापाबाडाका अन्दाजी ५३ वर्षीय दल बहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहराले बताएका छन् ।
थापा शुक्रवार बिहान ८ बजे भीरबाट खसेका हुन् । मृत अवस्थामा फेला परेको भनिएपनि भीरबाट खसेको देखिएकोले थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया