बाजुरा : जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा हुने उपनिर्वाचनको पूर्व तयारी तीव्र रुपमा पारिएको छ । मंसिर १६ गते आउन अब दुई दिन बाँकी रहेको बेला मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज केही वडाका मतदान केन्द्रको अनुगमन समेत गरेको हो ।
स्थानीय तह उपनिर्वाचन ०८१ स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदान केन्द्रको अवस्था बारे जानकारी लिएको हो ।
आज स्वामीकार्तिक खापर गाउँपालिका–१ फयाल गाउँ, २ नम्बर वडा रुडी र ३ नम्बर वडा ३ जुकोट केन्द्रको अनुगमन गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अंगत महतले बताएका छन् ।
मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेल, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, प्रहरी नायव उपरीक्षक दीलिप कुमार गिरी लगायत जिल्ला निर्वाचन कार्यालयको संयुक्त टोलीले अनुगमन गरेको हो ।
प्रतिक्रिया