गाैमुल खबर डटकम शुक्रबार २८, चैत २०८१ ०८:४८

अछाममा आफैँमाथि गोली हानेका असईले कैलालीमा पनि इन्सपेक्टरलाई ताकेका थिए पेस्तोल

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, मङि्सर १४, २०८१
अछाममा आफैँमाथि गोली हानेका असईले कैलालीमा पनि इन्सपेक्टरलाई ताकेका थिए पेस्तोल

बाजुरा : अछाममा बिहीबार राति आफैँमाथि गोली चलाएका प्रहरी सहायक निरीक्षक(असई) असई किसनबहादुर चन्दले कैलालीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई पेस्तोल ताकेको खुलेको छ ।

चन्द २०७६/७७ को कोराना महामारीका बेला जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थिए । सोही बेला उनले आफ्ना कमान्डर समेत रहेका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीलाई पेस्तोल ताकेका थिए ।

चन्दले मदिरा सेवन गरेर प्रहरी निरीक्षक जोशीलाई गोली ताकेको विषयले कैलाली प्रहरी वृत्तभित्र चर्चा पाएको थियो । जिल्ला प्रहरी कार्यालयले चन्दलाई कारवाही गर्न खोजेपछि परिवारसहित आएर हारगुहार गरेका थिए ।

प्रतिक्रिया