गाैमुल खबर डटकम शुक्रबार २८, चैत २०८१ ०८:४७

रामेछाप जिप दुर्घटनामा मृत्यु हुनेकाे संख्या ५ पुग्याे

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, मङि्सर १४, २०८१
रामेछाप जिप दुर्घटनामा मृत्यु हुनेकाे संख्या ५ पुग्याे

काठमाडौं : रामेछापमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन् । काठमाडौंबाट गोकुलगंगा गाउँपालिका-३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना १ ज ७१२३ नम्बरको जिप फर्पुमा दुर्घटना वडाध्यक्ष सहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी प्रदीप कुमार सिंहले जानकारी दिए ।

मृत्यु हुनेमा गोकुलगंगा-४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको सनाखत भएको प्रहरीले जनाएको छ । यस्तै प्रहरीका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा जिप चालक हिराबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।मृतक अन्यको पहिचान खुल्न बाँकी छ । जिप सडकबाट धेरै तल खसेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया