गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०५:०४

अछाममा असईले आफैंमाथि गोली प्रहार

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, मङि्सर १४, २०८१
अछाममा असईले आफैंमाथि गोली प्रहार

अछाम : अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैंमाथि गोली प्रहार गरेका छन् । तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक  किसनबहादुर चन्दले बिहीबार राति आफैंमाथि गोली प्रहार गरेका हुन् ।

अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले चन्द आफैंले बोकेको पेस्तोल बाँया छातीको माथिल्लो भागमा प्रहार गरेको  बताए ।

डीएसपी भण्डारीले उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको  र अवस्था सामान्य रहेको जानकारी दिए । घटनाबारे छानविन गर्न इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको  डीएसपी भण्डारीले बताएका छन्। 

प्रतिक्रिया