गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:५७

समाज र समुदायमा स्थानीय सरकार छ भन्ने आभाष दिलाऔं : सीता थापा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, मङि्सर १३, २०८१
समाज र समुदायमा स्थानीय सरकार छ भन्ने आभाष दिलाऔं : सीता थापा

बाजुरा : गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले समाज र समुदायमा स्थानीय सरकार भएको आभाष हुने गरी खट्न अनुरोध गरेकी छन् । गाउँपलिकामा आयोजित स्थायी बन्ध्याकरण अगावै अन्तरक्रिया कार्यक्रमको सम्बोधन गर्दै थापाले यस्तो बताएकी हुन् ।

जनताहरुलाई रोग र भोगबाट बचाई कुनै पनि नागरिकको अकालमा ज्यान जना नदिन स्वास्थ्यकर्मीहरुले जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिएकी छन् । स्थानीय सरकार स्वास्थ्य संस्थाको व्यवस्थापनलाई गम्भीर भएर गरिरहेको स्मरण गराउदै जनताहरु प्रति उत्तरदायी र जवाफदेशी बन्न सुझाव दिएकी छन् ।

जनताको प्रत्यक्ष स्वास्थ्यसंग जोडिएको कुरालाई ध्यान दिएर सरकार लागिरहेकोले विभिन्न रोगहरुको निधानका लागि स्वास्थ्यकर्मी र सरकार जिम्मेवार भएमा मात्र नागरिक स्वस्थ हुने विश्वास लिएकी छन् ।

कतिपय जनताले स्थायी बन्ध्याकरणका बारेमा जानकारी नपाएको वा लाजका कारण गर्ने नमान्ने प्रवृति रहेकोले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वंयसेवीकाले बढी भूमिका खेल्नुपर्नेमा जोड दिएकी छन् ।

सरकारले जनसंख्या बृद्धि दरलाई न्युनिकरण गर्नका लागि प्रत्येक पटक स्थायी बन्ध्याकरण शिविर सञ्चालन गर्ने गरेकोले सन्तानको रहर पुगेका दम्पतीले सुखी परिवार भएर जिउने गरी सेवा लिन आग्रह गरेकी छन् ।

कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले गाउँपालिकाको स्वास्थ्य व्यवस्थापन जिल्लामै उत्कृष्ट रहेको उल्लेख गरेका छन् ।

स्थानीय सरकारसंगको समन्वयमा आगामी मंसिर २७ गते स्थायी बन्ध्याकरण शिविर आयोजना गरिने भएकोले सन्तानको रहर पुगेको दम्पतीले सेवा लिन आग्रह गरेका छन् ।

मासिक परिमार्जित रिपोर्टिङ्ग सम्बन्धी, स्वास्थ्य सेवामा जनसहभागीता अपरिहार्य, स्वास्थ्य सेवा प्रविधिसंग जोड्ने विषयमा छलफल गरिएको गौमुल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले बताएका छन् ।

कार्यक्रममा गौमुल गाउँपालिकामा रहेको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वंयम सेवीकाको सहभागीता रहेको थियो । कार्यक्रम गौमुल गाउँपालिकाको सभा हलमा सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया