गाैमुल खबर डटकम बुधबार १२, मङि्सर २०८१ ०५:२०

लैङ्गिक हिंसा अन्त्यका लागि चेतना परिवर्तन हुनुपर्छ : उपाध्यक्ष थापा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, मङि्सर १०, २०८१
लैङ्गिक हिंसा अन्त्यका लागि चेतना परिवर्तन हुनुपर्छ : उपाध्यक्ष थापा

बाजुरा : गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले लैङ्गिक हिंसा अन्त्यका लागि प्रत्येक व्यक्तिकाे चेतना परिवर्तन हुनुपर्ने बताएकी छन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभकामना सन्देश दिदैं थापाले सर्वप्रथम मानसिकतामा नै महिला र पूरुष समान हुन् भन्ने परिवर्तन हुन जरुरी रहेको बताएकी छन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानले सार्थकता पाउन सबैको मन मस्तिष्कबाट हिंसा गर्नु हुदैन भन्ने भाव जागृत हुनुपर्नेमा जोड दिएकी छन् ।

गाउँपालिकाले १६ दिनसम्म विभिन गतिविधिका साथ कार्यक्रम मनाउने भएकोले सबैको साथस सहयोग अपरिहार्य रहने बताएकी छन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । महिला हिंसा अन्त्य दिवसका अवसरमा हरेक वर्ष यो अभियान चल्ने गरेको छ ।

आजदेखि १० डिसेम्बरसम्म चल्ने अभियानमा सरकारी तथा गैरसरकारी निकाय क्षेत्रबाट विभिन्न चेतनामूलक कार्यक्रम हुने गरेका छन् ।

डोमिनिकन रिपब्लिकमा तत्कालीन त्यहाँका तानासाह राफेल टुलिजाले तीन महिला अधिकारकर्मीलाई क्रूर तरिकाले हत्या गर्ने निर्देशन दिएका थिए ।

उनको निर्देशन अनुसार तीन मिराबल दिदीबहिनीको हत्या भएको थियो । सोही दिनको सम्झनामा आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन थालिएको हो ।

७ फेब्रुअरी २००० मा संयुक्त राष्ट्र सङ्घको महासभाले २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन औपचारिक रूपमा सुरुवात गरेको हो ।

प्रतिक्रिया