बाजुरा : बाजुराको हिमाली गाउँपालिका १ विच्छ्याको युनामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । भने २ जना घाइते भएका छन् ।
कादुरी जलविद्युत आयोजनाको विद्युतको लाईन विस्तार गर्नको लागि सल्लाको रुख काट्ने क्रममा रुखले च्यापिएर वडा नं.३ का ४३ वर्षीया सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
आइतबार दिउँसो १ः५० बजेको समयमा सोही वडाका अन्दाजी ४८ वर्षीया सिदुपुरी रोकाया र ३० वर्षीया पर्मलाल सुनार रुखले च्यापिएर गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताएका छन् ।
उनका अनुसार गम्भीर घाईते दुबै जनाको उपचारका लागि अस्पताल ल्याउन सम्बन्धीत निकायमा हेलिकप्टरको पहल भईरहेको छ । विच्छ्या प्रहरी चौकीको टोली घटनास्थलमा रहेको र सदरमुकाम मार्तडीबाट विच्छ्याको युनामा पुग्न करिब तीन दिन लाग्ने भएकाले तत्काल घाइतेको उद्धारमा समस्या भएको उनले बताए ।
प्रतिक्रिया