गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३६
Dho

बाजुराको खप्तड छेडेदमा आगोले जलेर ७५ वर्षीया वृद्धाको मृत्यु

गाैमुल खबर गाैमुल खबर
बुधबार, बैशाख १४, २०७९
बाजुराको खप्तड छेडेदमा आगोले जलेर ७५ वर्षीया वृद्धाको मृत्यु

बाजुरा : जिल्लाको खप्तड छेडेदह गाउँपालिका–२ मा आगाले जलेर एक वृद्धाको मृत्यु भएको छ । मंगलवार साँझ ८ बजेतिर हावाहुरीले घरछानोमा आगलागी हुँदा ७५ वर्षीया तुलेदेवी बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

आगलागीबाट एक हल गोरु, एउटा गाई, २ वटा गाईका बाच्छा र १२ वटा बाख्रा मरेका छन् । हावाहुरीले खरले छाएको घरछानोमा आगलागी भएको हो । घरमा रहेका भाडाकुडा, अन्न, लत्ताकपडा पनि जलेर खरानि भएको प्रहरी जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
 

प्रतिक्रिया