गाैमुल खबर डटकम मङ्गलबार २४, भदौ २०८२ ०८:३१

पाकिस्तानमा साम्प्रदायिक हिंसामा ३२ जनाको मृत्यु

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शनिबार, मङि्सर ०८, २०८१
पाकिस्तानमा साम्प्रदायिक हिंसामा ३२ जनाको मृत्यु

पेशावर : पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको साम्प्रदायिक झडपमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। झडपमा ४७ जना घाइते भएको पाकिस्तानी सुरक्षा अधिकारीले शनिबार एएफपीलाई बताएका छन्।

स्मरण रहोस्, पाकिस्तानको सोही क्षेत्रमा दुई दिनअघि भएको साम्प्रदायिक झडपमा कम्तीमा ४३ जनाको मृत्यु भएको थियो।

'शिया र सुन्नी समुदायबीच विभिन्न स्थानमा लडाइँ जारी छ। पछिल्लो रिपोर्टअनुसार १४ सुन्नी र १८ शियासहित ३२ जनाको मृत्यु भएको छ,' सुरक्षालाई मध्यनजर गर्दै नाम नबताउने शर्तमा एक वरिष्ठ प्रशासनिक अधिकारीले एएफपीसँग भने।

प्रतिक्रिया