बाजुरा : बाजुराको जगन्नाथ गाउँपालिका–३ मनीकाँडाका कृषकहरुको बारीमा उत्पादन भएको कागती काठमाण्डौंमा विक्री भईरहेको छ । कृषकहरुको बारीमा यस वर्ष विगतको बढी कागती उत्पादन भएको छ ।
तर बाजुरा कागती विक्री गर्न बजार नभएपछि मनोज ठकुरी लगायतका युवाहरुले गाउँबाट करिब ४० क्वीन्टल कागती खरिद तथा ढुवानी गरेर काठमाण्डौंमा विक्री वितरण गरिरहेका छन् ।
बाजुरामा उत्पादित कागती अहिले कागठमाण्डौंको बुढानीलकण्ठ लगायतका ठाउँबाट विक्री वितरण भईरहेको मनोज ठकुरीले बताएका छन् ।
कृषकको बारीबाट प्रतिकेजि ३५ का दरले खरिद गरेको र ढुवानी सहित काठमाण्डौंमा प्रतिकेजि १ सय रुपैयाका दरले कागती विक्री वितरण भईरहेको छ ।
जिल्लामा उत्पादित कागती बिक्री नहुँदा कृषकहरु समस्यामा परेपछि मनोज ठकुरीले कृषकको गाउँमै पुगेर करिव ४ लाख बराबरको कागती खरिद गरेर काठमाण्डौंमा विक्री गर्नका लागि सहजीकरण गरेका थिए ।
भारत लगायत जिल्ला बाहिरबाट आउने कागतीका कारण स्थानीय स्तरमा उत्पादित कागतीले बजार पाउन सकेको छैन् । जसको मारमा कागति उत्पादक कृषकहरु पर्दै आएका छन् ।
प्रतिक्रिया