बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकाले नगरभित्र उत्पादन भएको खाद्यान्न बालीहरु बाहिर लिएर विक्री वितरण नगर्न सार्वजनिक सूचना मार्फत कृषकहरुलाई जानकारी गराएको छ ।
नगरपालिकाले नगरका १० वटै वडाका सम्पूर्ण समुदाय तथा बस्तीहरुमा उत्पादन खाद्यान्न बालीतर्फ मकै, कोदो, दलहनबाली तर्फ दालका प्रकारहरु नगरपालिका भन्दा बाहिर विक्री नगर्न कृषकहरुलाई अनुरोध गरेको छ ।
बुढीगंगाका कृषकहरुको खेतबारीमा उत्पादन भएको खाद्यान्न बाली र दलहन बालीनालीको खरिदको जिम्मा नगरपालिकाले लिएको छ ।
प्रतिक्रिया