बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकामा हुने उपनिर्वाचनका लागि दलहरु यतिबेला चुनावी प्रचार प्रसारमा व्यस्त रहेका छन् । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आफ्नो पक्षमा मतदान गराउनका लागि दलहरु तीव्र प्रचारमा लागेका छन् ।
प्रचारप्रसार अभियानकै क्रममा स्वामीकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेस र एकिकृत समाजवादी छोडेर एमालेमा प्रवेश गर्न थालेका छन् । एमालेमा प्रवेश गर्नेमा नेपाली काँग्रेसबाट सरना विक, मनरुप विक, रुप विक, ईश्वरी लावड र औला चदाँरा रहेका छन् ।
यस्तै एकिकृत समाजवादीका जयलाल शाही, मनराज सिंह, एभान शाही, गोरे विक र थुमा भुल रहेको प्रचार विभाग उपसंयोजक दील थापा (भोटे)ले जानकारी दिएका छन् ।
नवप्रवेशीलाई एमाले स्थायी कमिटी सदूस्य कर्ण बहादुर थापा, जिल्ला ईन्चार्ज लालबहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शाह, सहदेव बोगटी, प्रदेश उपाध्यक्ष काली बहादुर शाही, जिल्ला अध्यक्ष लाल बहादुर ओली लगायत नेताहरुले पार्टीमा स्वागत गरेका छन् ।
पार्टीको नीति निययमा रहेर काम गर्न अनुरोध गर्दै क्रमशः नेता तथा कार्यकर्ताको व्यवस्थापन गरिने नेताहरुले वचन दिएका छन् ।
प्रतिक्रिया